मुख्य समाचार

स्वच्छ वातावरणमा बाँच्‍न पाउने नागरिकको हक सुनिश्चित गर्न विवेकशील साझाको माग

Bibeksheel Sajha Party

२५ चैत, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज सो पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भिर चासा र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको जनाएको हो ।

काठमाडौं उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको जनाउँदै विज्ञप्तिमा भनिएको छः ‘नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको सरकारलाई विवेकशील साझा पार्टी स्मरण गराउँदछ। वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ–धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ।’

सो पार्टीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन समेत सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गर्दै आएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन आह्वान गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस