समाचार

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

Death Body

२५ चैत, प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस