
२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् । रातोपुलमा डेरा गरेर बस्ने भारतको कोलकत्ता घर भएका ३९ वर्षीय प्रदीप मण्डल मृत फेला परेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।
कोठामा अन्य कुनै शंकास्पद बस्तुहरु नभेटिएका कारण उनको मृत्यु हृदयघातका कारण हुने सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनी दरबार मार्गमा कस्मेटिक पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस