
२६ चैत, काठमाडौं । केही दिनदेखि देशका विभिन्न भागमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ । देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।
बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि समान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।
शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।
शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।