खेलकुद समाचार

युरोपियन च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा चेल्सी र पिएसजी विजयी

chelsi

२६ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा चेल्सीले एफसी पोर्टालाई २–० ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

उता जर्मनीमा भएको खेलमा घरेलु टोली वायर्न म्युनिखलाई फ्रान्सको पिएसजीले ३–२ ले पराजित गर्‍यो । पीएसजीका लागि किलियन एम्बाप्पेले दुई तथा मार्कीनोजले एक गोल गरे । वायर्नका छुपो मोटिङ र थोमस मुलरले एक एक गोल गरेका थिए ।

गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् । पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *