मुख्य समाचार

भारतमा रोकिएन कोरोना फैलिने क्रम, एकैदिन १ लाख १५ हजारमा बढी संक्रमित भेटिए

covid 19 india

२६ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड २८ लाख १ हजार ७८५ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न क्षेत्रमा सरकारले भीडभाड हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पुनः लागु गर्न सुरु गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस