सुनचाँदी

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

gold today price in nepal

२६ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस