मुख्य समाचार

माओवादीका ४ सांसदको पद गयो

Top Bahadur lekhraj prabhu and Gauri shanker

२६ चैत, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएपछि चार सांसदको पद गुमेको हो ।

सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसदले दल त्याग गरेको सूचना संसद बैठकमा पेश गरेपछि पद रिक्त हुन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस