
२७ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले धरहरानजिकैको सडक नागस्थानमा नयाँ ट्राफिक लाइट जडान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नागस्थानमा नयाँ लाइट जडान गरिएको प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए ।
उक्त लाइट शुक्रबार उद्घाटन गरिएको छ । प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत् छौं, यसको लागि सरकारी निकायका साथै बैंक वित्तीय संघ-संस्थाहरूसँग समन्वय एवम् सहकार्यलाई निरन्तरता दिँदै आएका छौं,’ उनले भने, ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, यसको लागी सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एकपछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन्, त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको हो ।’
आजदेखी संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुनेछ ।