मुख्य समाचार

५० करोड लिङ्क्डइन प्रयोगकर्ताको डाटा ह्याकर साइटमा बिक्रीमा

LinkedIn

२७ चैत, काठमाडौं । करिब ५० करोड लिङ्क्डइन प्रयोगकर्ताहरुको डाटा ह्याकरहरुबीच चर्चित रहेको वेबसाइटमा बिक्रीमा रहेको कम्पनीले पुष्टि गरेको छ । मंगलबार साइबर सेक्यूरिटी र रिसर्च साइट साइबरन्यूजले डाटा बिक्रीमा रहेकोबारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो । प्रयोगकर्ताको यूजर आईडी, नाम, इमेल, फोन नम्बर, लिंग, व्यवसायिक डाटा र अन्य सामाजिक सञ्जालसँगको लिंक चार अंकको रकममा लिलामीमा रहेको समाचारमा बताइएको थियो ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनका अनुसार बिक्रीमा रहेको डाटा विभिन्न बेबसाइट र कम्पनीबाट सङ्कलन गरिएको हो । लिङ्क्डइनबाट प्रयोगकर्ताले ‘पब्लिक’ राखेका डाटा मात्र लिइएको कम्पनीको दाबी छ ।

कम्पनीले लिङ्क्डइनको डेटा चोरी नभएको र लिङ्क्डइनमा प्राइभेट राखिएका कुनै पनि डाटा सार्वजनिक नभएको जानकारी दिएको छ । लिङ्क्डइनमा ६७.५ करोड प्रयोगकर्ता रहेको बताइएको छ । केही दिनअघि मात्र करिब ५० करोड फेसबुक प्रयोगकर्ताको डाटा ह्याकरहरुले वेबसाइटमा प्रकाशित गरेको समाचार आएको थियो ।स्रोत: सीएनएनबाट

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस