
२७ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द भएको र १५ लाख ५९ हजार ८०२ को आवेदन योग्य भएको मेगा क्यापिटलले जनाएको छ ।
योग्य आवेदकबाट मेगा क्यापिटले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार न्यूनतम १० कित्ता पुगेसम्म र नपुगेमा गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्थाअनुसार गोलाप्रथाबाट सर्वसाधारणलाई निष्कासन भएको २६ लाख ९७ हजार कित्ताको सेयर २ लाख ६९ हजार ७०० जनालाई समान १० कित्ताको दरले बाँडफाँड भएको छ । कुल योग्य आवेदकमध्ये १२ लाख ९५ हजार ८३० जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) सेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता नागरिकका लागि बिक्री खुला गरेको थियो । २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।