मुख्य समाचार

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

CCMC meeting

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

गत वर्षको चैतमा सरकारले लकडाउन गरेपछि केही महिनादेखि मात्र विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । तर दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएका सावधानी अपनाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले बताए ।

‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’ विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले जानकारी दिए । ‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं ।’

पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस