कर्पोरेट

वर्ल्ड लिंकको नयाँ वर्ष अफरः १२ महिनाको इन्टरनेट प्याकेजमा ६२ प्रतिशत छुट

worldlink new year offer

२७ चैत, काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । ‘हर्षको नववर्ष’ अफरमा ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने वर्ल्ड लिंकले जनाएको छ ।

यो १२ महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेज मध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले १२ महिना नेट टीभीको सेवा निःशुल्क पाउने भएका छन् । यसमा ३ महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ । यसमा वाइफाईको साथमा डुअल ब्यान्ड राउटर सित्तैमा उपलब्ध गराउने वर्ल्डलिंकले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।

वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले नयाँ वर्षमा नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरुमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउन सक्ने बताए । उनले वर्ल्ड लिंकले हाल नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको भन्दै ग्राहकहरूका लागि अझ उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउने प्रतिवद्धता जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस