अर्थनीति

नेपाल टेलिकमलाई सुधार नगर्दासम्‍म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ

parbat gurung

२७ चैत, काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुर्नसंरचना गर्नुपर्ने बताएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताए ।

त्यसका लागि आफू तयार रहेको पनि बताए । मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए । टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकाले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गरे ।

कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे । टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *