समाचार

माओवादीले कारबाही गरेका ४ मन्त्रीलाई प्रधानमन्त्रीले गरे पुन नियुक्त, सपथग्रहण सुरु

sital niwas

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका चार जना मन्त्रीलाई पुन नियुक्त गरेका छन्।

उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।

नवनियुक्त मन्त्रीहरुको अहिले राष्ट्रपति निवासमा सपथग्रहण चलिरहेको उनले बताए । माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *