मुख्य समाचार

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

Rajendra Malla

२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । मल्ल चेम्बरको ७० औं वार्षिक साधारणसाभाबाट अध्यक्षमा चयन भएका हुन् ।

चेम्बरको नयाँ कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा ५५ सदस्यीय पदाधिकारी चयन गरेको छ । चेम्बरको आजको निर्वाचनमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको चेम्बरले जनाएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको सपथ ग्रहण पनि सम्पन्न भएको चेम्बरका निर्देशक रविराज बरालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *