मुख्य समाचार

पुनःनियुक्त भएका ४ मन्त्रीले लिए सपथ

SapathMantri

२७ चैत, काठमाडौं । माओवादी केन्द्रको कारवाहीपछि पदमुक्त भएका ४ मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । शुक्रबार पुनर्नियुक्तिपछि ४ जनाले नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । उनीहरु यसअघिकै मन्त्रालयको जिम्मेवारीमा फर्केका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस