प्रदेश १

सीमा स्तम्भको सुरक्षा गर्न अस्थायी विओपीको स्थापना

apf broder sima

२८ चैत, झापा । सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ ।

खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो । सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए ।

प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या योसँगै १८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *