समाचार

छिटै देउवाको नेतृत्वमा सरकार बन्छ : महामन्त्री कोइराला

shashank koirala

२८ चैत, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने जिकिर समेत गरे ।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुन् । उनकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।

उनले थपे, “जसपासँग छलफल भइरहेको छ । उनीहरु पनि आन्तरिक छलफलमा छन ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए । फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस