शैक्षिक गन्तव्य

सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षित

sc 2

२८ चैत, काठमाडौं । नेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एण्ड इ–कमर्सको २०१९ र २० को दिक्षान्त समारोह सम्पन्न भएको छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवारिका कलेजका क्म्प्युटिङ बिषयमा स्नातक गर्ने ४ सय विद्यार्थी दिक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै ब्रिटिस राजदुतावासको इन्टरनेसनल ट्रेड बिभागका प्रमुख सुबास थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक बिकासमा महत्वपूर्ण योगदान दिएको बताए ।

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत संचालन गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस