खेलकुद समाचार

टेबलटेनिस खेलाडी अमरलाल मल्ल सम्मानित

amar malla

२८ चैत, काठमाडौं । देशव्यापी अन्तरवडा खुला टेबलटेनिस प्रतियोगितामा पुरुष सिंगल्सतर्फका विजेता अमरलाल मल्ललाई सम्मान गरिएको छ । स्पिन इभेण्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको प्रतियोगितामा पुरुष एकलमा स्वर्ण पदक विजेता मल्ललाई काठमाडौं महानगरपालिका वडा नं.२५ र भेडासिं परिवारले नगदसहित सम्मान गरेको हो ।

विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए । २५ वर्षको करियरमा इन्चोन र जाकर्ता एसियाडमा सहभागिता जनाइसकेका अमरले चीन र जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन् ।

अमर १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टिम इभेन्टका कांस्य विजेता हुन् । राष्ट्रिय प्रतियोगितामा अमरले हासिल गरेको सबै भन्दा ठूलो उपब्धि तेश्रो हुने हो । सोही अवसरमा वडा २५ बाटै सोही प्रतियोगितामा सहभागी रजत जितेका शंकर पहरी र कांस्य जितेकी कृष्तिना थापालाई पनि नगदसहित सम्मान गरिएको थियो । अमरका व्यक्तिगत प्रशिक्षक एवं त्यसै प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पहिलो स्थान हात पारेका रञ्जन सुब्बा पनि नगदसहित सम्मानित भए ।

अमरलाई ए डिभिजन फुटबल लिग विजेता मच्छिन्द्र क्लबले पनि सोही कार्यक्रममा नगदसहित पुरस्कृत गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस