
२८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५३२ पीसीआर परीक्षणमध्ये ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १ रहेको छ भने १५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस