मुख्य समाचार

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल निर्वाचित (सूचीसहित)

bipul

२८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेलसहित उनको प्यानल निर्वाचित भएको छ । पोखरेलले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् । यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदीवासी जनजातीतर्फबाट सचिवमा नारायण सुन्दर किलम्बु निर्वाचित भएका छन् ।

यस्तै मधेसीतर्फको सचिवमा दिपेन्द्र चौहान, दलिततर्फ सचिवमा हेमकर्ण विक, सचिव एशोसियटमा पवन आचार्य र कोषाध्यक्षमा कुलेन्द्र सेजुवाल निर्वाचित भएका छन्। उनीहरु सबै पोखरेल प्यानलबाट निर्वाचित भएका हुन् । यसैगरी लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

यस्तो छ सूची:

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस