मुख्य समाचार

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन

rupees

२९ चैत, काठमाडौं । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।

कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।

कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । सोही अवधिमा बैङ्कहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *