
२९ चैत, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो । लखनको साथबाट लागुऔषध फेनारगन ५ सय एम्पुल र लुपिजेसिक ५ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
झापाबाट काठमाडौं आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसमा आएका लखनले झोलामा लुकाएर सो लागुऔषध ल्याएका हुन् । उनीमाथी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस