
२९ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।
बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस