कर्पोरेट

रिचार्जरको नयाँ वर्ष अफरः ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी

Reecharger New Year Offer

इकमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने जनाएको छ ।

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाइएको छ । अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको र यसबाट सेवाग्राहीले लाभ लिन सक्ने उनले बताए ।

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्ने जनाइएको छ । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाहरुको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *