
२९ चैत, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षीय सञ्जय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोटका २१ वर्षीय फिरज क्षेत्री रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस