मुख्य समाचार

सरकारबारे अवधारणा बनाउन जसपाले थाल्यो आन्तरिक छलफल

jasapa samsadiya dal

२९ चैत, काठमाडौं । प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौंमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *