मुख्य समाचार

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः आरोपित १३ जनाले पाए सफाई

High Court hetauda

२९ चैत, मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ ।

आज न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले जिल्ला अदालत चितवनको फैसला सदर गरेको हो । २४ जेठ २०६१ मा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । २४ भदौ २०७५ मा जिल्ला अदालत चितवनले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएको थियो । त्यस बेला अर्का एकजना प्रतिवादी रुद्र आचार्य फरार थिए ।

घटनापछि आफ्नो छोराको हत्या भएको भन्दै दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सुनुवाइ नभएको भन्दै बुवा नन्दप्रसाद र आमा गंगामायाले अनसन थालेका थिए । अनसनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *