मुख्य समाचार

ओलीलाई केही दिनमै प्रधानमन्त्रीबाट हटाउँदैछौँ : प्रचण्ड

prachanda press meet

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ ।  चौथो पटकको कोसिस के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुन्छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर ओली पदमा बसिरहेको प्रचण्डको भनाइ छ । संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस