मुख्य समाचार

फेसबुकमा सार्वजनिक भयो प्रचण्डपत्नीको यस्तो तस्वीर

sita dahal

२९ चैत, काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला धेरैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको एक तस्वीर राख्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

छोरीहरु गंगा र रेणु दाहालसँगको एक सेल्फीमा प्रचण्ड पत्नी सिता निकै कमजोर देखिएकी छिन् । शनिवार भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्ड पुत्री रेणुले बहिनी गंगासहित आमा सिताको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

उनले शेयर गरेको उक्त तस्वीरमा आइतबार मध्यान्हसम्म १४ हजार बढीले कमेन्ट मार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तस्वीरमा सिता निकै कमजोर र भावुक देखिएको भन्दै चिन्ता व्यक्त गर्ने माओवादी केन्द्रका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि उत्तिकै छ ।

दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *