मुख्य समाचार

विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ६६ हजार १९ पुग्यो

covid 19

२९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, यूरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।

यो साता  कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए । शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस