प्रदेश २

चार प्रदेशसभा सदस्यलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

pradesh 2

३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।

माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर जवाफ नआएपछि कारबाही गरिएको माओवादी केन्द्रले जनाएका छ ।

प्रदेश २, प्रदेशसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस