समाचार

कैलालीमा कोरोना संक्रमितको निधन

covid 19 dead body

३० चैत, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

मृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको उनले बताए । उनको आज बिहान ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस