३० चैत, बुटवल । रुपन्देहीस्थित पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ नेपाल आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा गैडहवा गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।
पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।
आगलागीबाट ४०० लिटर पेट्रोलियम पदार्थ जलेर नष्ट भएको छ भने डिजेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको जनाइएको छ । दुईवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस