मुख्य समाचार

काँग्रेस नेता पौडेलका भाइको निधन, भन्छन्, ‘एक्लो महसुस गरिरहेको छु’

gobinda paudel

३० चैत, काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ । नेता पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्ना माइला भाइ गोविन्दराजको निधन भएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए ।

प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा  सहयोगी  थिए । मेरो राजनीति जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफुलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *