समाचार

बालकलाई कुटेर हत्या गरेको आरोपमा एक जना पक्राउ

Murder

३० चैत, काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।

आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस