३० चैत, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
सोमबार बिहान अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको करेन्ट लागेर जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताए ।
आफ्नो घरको मिटर बक्समा झोलिएको तार फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस