कर्णाली प्रदेश

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

Dharma raj regmi

३० चैत, सुर्खेत । माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्य बनेका दैलेखका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको  भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

उनी दैलेख निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद हुन् । उनी हालै मात्र एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी  दिएका छन् ।

कुनै सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालु रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।

karnali dharmaraj regmi

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *