समाचार

मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

bead body tag

३० चैत, पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । डुम्रेबाट विमलनगरतर्फ जाँदै गरेको ना ५ त २७३० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प १८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बिदुर गाउँपालिका–१२ बस्ने २७ वर्षीय नवराज पौडेल घाइते भएका हुन् ।

उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस