
३० चैत, काठमाडौं । नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गरेर दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार रिट खारेज गर्ने फैसला गरेको हो ।
प्रतिक्रिया दिनुहोस