
३० चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्यामा वृद्धि हुँदै गएको छ । खुला सिमाना भएका कारण भारतमा संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर ३३९ जनामा कोरोना संक्रमित संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस