समाचार

नागढुंगाबाट लागूऔषधसहित २ जना पक्राउ

arrest

३० चैत, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमवार बिहान सर्लाहीबाट काठमाडौं आएको ग१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागूऔषध लिएर काठमाडौं आएका थिए । बाराबाट काठमाडौं आएको बा३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागू औषध ल्याएका हुन् ।

उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५० एम्पुल लागु औषध बरामद गरेको छ । नाइट्राभेट ५ सय ४० ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *