
३० चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले डा. हरिहर वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याकोमा सम्मान गर्ने निर्णय गरेको हो ।
‘सम्मानित हुनुहुने डा. हरिहर वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पुर्याउँदै आउनुभएको थियो,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन्, ‘सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास आयोगले लिएको छ ।’