मुख्य समाचार

हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला

drone attack

३० चैत, काठमाडौं । यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ ।

आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो । उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ ।

साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन । हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ । उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन् ।

साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन गत ६ वर्षदेखि यमनमा हुथी विद्रोही समूहविरुद्ध लडिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस