कर्पोरेट

वाई वाई नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक, क्यानलाई ७० लाख प्रदान

CG and CAN

३० चैत, काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न आज (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पश्चात चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो । सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाई वाई नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाई वाईको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौताबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गरे । क्यान क्रिकेट निर्देशक विनोद दासले सम्झौता बापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिए । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस