मुख्य समाचार

दोलखाको बिगुमा गाडी दुर्घटनाः चारजनाको मृत्यु, १८ जना घाइते

accident

३१ चैत, काठमाडौं । दोलखामा बोलेरो पिकअप जस्तै प्रकृतिको योद्धा गाडी दुर्घटना भएको  छ ।

सोमबार राति ११ बजेतिर बिगु गाउँपालिका–४ सिंगटीमा अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् । चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए । घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस