समाचार

हाम्रो पात्रोको ज्योतिष परामर्शमा ३५% छुट

jyotishsewa newyear

३१ चैत, काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ज्योतिष परामर्श सेवामा ३५ प्रतिशत छुट दिने भएको छ । हाम्रो पात्रोको ‘हाम्रो अनलाइन ज्योतिष परामर्श सेवामा ३५ प्रतिशत छुट ल्याएको हो ।

हाम्रो पत्रसँग आबद्ध ख्याती प्राप्त ज्योतिष गुरुहरूबाट आफुले चाहे अनुसारको परामर्श अनलाइनमार्फत कुराकानी गरी आफ्नो आउँदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेबमा गएर परामर्श लिन सक्नेछन् ।

यो सेवा निकै लोकप्रिय रहेको छ र सेवाग्राहीले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगन, आदि सम्बन्धित विषयहरुमा परामर्शका लागी प्रयोग गर्दै आएका छन् ।

यो छुट चैत्र ३० गते देखी वैशाख ५ गते सम्मका लागि मात्र लागु हुने र इच्छुक सेवाग्राहीले बिहान ५ देखी दिउँसो १ र बेलुका ७ देखी ९ बजेका बीच यो सेवा लिन सक्ने हाम्रो पात्रोले जनाएको छ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागी उपलब्ध हुने हाम्रो पात्रोले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस