मुख्य समाचार

भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला

covid vaccine

३१ चैत, काठमाडौं । भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ ।

सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५ लाख ८० हजार ३८७ सक्रिय संक्रमित रहेका छन् । यो अहिले बढेर १२ लाख ५८ हजार ९०६ पुगेको छ । सोमबार ६२ हजार ९४६ जना सक्रिय संक्रमित थपिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस